यूनान प्रान्त, चीन
साँझ झमक्कै परिसक्यो। अब यहाँ भन्दा अगाडी जान सक्ने अवस्था छैन। अँध्यारोले बाटो समेत राम्रोसित देखिदैन । भोकले लखतरान परेको छु। दिनभरी केहिपनि खाएको छैन। पुरै दिन जंगलैजंगल हिडियो। दिनभरीको जंगलको बाटोमा गाडीबाट मान्छेले फालेका सुन्तलाका केही बोक्राहरु खाएको थिएँ। त्यो पनि धेरै भेट्टाउन पाएको भए टन्न अगाइन्थ्यो होला। पुरै दिन केही बोक्रा र पानीले टरेको छ। मान्छेहरु भाषाको कारणले एउटा शहरबाट अर्को शहर कति टाढा छ भनेर बताउन सक्दैनन। नत उनीहरु म को हुँ, कहाँ बाट आएको हुँ, कहाँ हिँडेको हो, किन हिँडेको हुँ भन्नेनै थाहा पाउँछन। साईकल उचालेर सडक भन्दा अलिकति माथी लगेर एउटा रुखमा अड्याएँ। झोलामा एउटा मैनबत्ती थियो। त्यो बालेर रुखमा अड्याएँ। कसैले बत्तीको उज्यालो देखेर आउला कि भन्ने आसा गरेर। हुन त यो घना जंगल र रातको बेला को नै आउला र ? मधुर हावा पनि चलीरहेको छ। त्यही मैन बत्ती निभाउला झैं गर्छ। अन्यत्र बाट उज्यालो आउला भन्ने आशा कतै छैन। रात छिप्पिदै गएको छ। अब बिस्तारै म भित्र डरले ठाउँ लिन थाल्दै छ। भोक त्यत्तिकै हराउँदै जान्छ । बोत्तलमा अलीकति पानी बाँकी छ। त्योपनि पिएर सिध्याएँ। डर झन झन बढ्दै जान्छ मनमा । म जंगली जनावरहरुको कल्पना गर्छु। कतै बाघ-भालु आएर आक्रमण पो गर्ने हुन कि ! म झोला बाट खुकुरी निकाल्छु। कतै यो रात मेरो म्रित्यु यहि हुने हो कि झै लाग्छ । देश, परिवार, आफन्त, साथी भाई देखि परको म्रित्यु कस्तो हुने होला ? म आफुभित्र कल्पना गर्छु। यदी मेरो म्रित्यु यो चिनियाँ जंगलमा भयो भने कस्तो हुने होला ? भोली एउटा असल मान्छेले मेरो लास भेट्ला र नेपाली दुतावास वा कतै मेरो देशमा खबर गरिदेला। तर एउटा खराब मान्छेले मेरो लासलाई भेट्यो भने उसले म सँग भएको पैसा र महत्वपूर्ण सामान लिएर मेरो परिचय खुल्ने कागजपत्र नष्ट गरिदियो भने मेरो लासलाई कसले चिन्ला ? म यतिखेर मेरो बेवारिसे म्रित्युको कल्पना गरिरहेको छु । म्रित्युको कल्पनाले मनभित्र झन झन डरको घर खडा भईसक्यो । घडी पटक्कै घुम्दैन । मैले दापबाट खुकुरी निकालेँ । टिलिक्क टल्केको खुकुरी मैनबत्तीको मधुरो प्रकाशमापनि उस्तै देखिन्छ। बाघ-भालु वा अरु कुनै जंगली जनावरहरु आए भने यहि खुकुरीले हान्नु पर्ला । ला …….! भूत आयो भने के गर्ने होला ? !!! (पुष्कर शाहका यस्तै रमाईला दैनिकीहरु पछि पढ्दै गर्नु होला-नेपालप्लस) ।

lochan acharya said,
April 5, 2008 @ 5:10 am
nice
pabin said,
April 6, 2008 @ 10:30 am
अ ब्रव नेपाली।।।। ।। अ त्रु इस्टोरी ।।।।।
Dhruba Khadka/Pansylvania,USA said,
April 8, 2008 @ 11:53 pm
पुषकर जि तपाईंको चाइनाको जंगल मा भएको त्यो रात को घटना ले मलाई पनि मनमा एक प्रकारको सिरिङ्ग उत्पन्न गराइदियो, बधाई छ तपाईंलाई, You are the proud of Nepal, keep going!!!
Dhruba खड्का
PARSHURAM BAHRAIN said,
May 7, 2008 @ 12:24 pm
O……MY GOD…..????????????????
ishwor shahi said,
May 9, 2008 @ 7:51 am
puskar shaha lai maile isreal ma najik bata herne mauka payeko mero parichaye pni vayeko 6 ywha sanga ywha yati funny hunun6 tesaile yatra safal 6 waha ko katha baytha sunda kalpanik novel padhe jasto lag6 malai ajhi wahalai biswo ko agadi chinauna media ko khacho 6.bikasit rastama puskar vaidiyeko vaye aja uni biswo ko aardash purush vai sakne thiye mero prathana6 pasupatinath sanga. waha ko lachhye pura hos.
Tilak Subba said,
June 26, 2008 @ 9:27 am
Puskarjiko yatra deshko hunale yatrama apthyaraharu ta parchhan tara matribhumile akal mrityu huna didaina. Mero YUMA THEBA sanga yahi pray garchhu.chetana bhaya.